काठमाडौं– भारतको आन्ध्र प्रदेको पूर्वी गोदावरी जिल्लामा दुई रुपैयाँलाई लिएर एक व्यक्तिको हत्या भएको छ । प्रहरीका अनुसार काकिनाडा ग्रामिण ब्लकको गाउँमा शनिबार यो घटना भएको हो ।
प्रहरीले २४ वर्षका सुवणार्राजु साइकल पसलमा हावा भर्न गएको र उनीसँग हावा भर्दा लाग्ने २ रुपैयाँ नहुँदा विवाह उत्पन्न भएपछि उनको हत्या भएको बताएको छ । साइकल पसलका मालि साम्बाले उनीमाथि गाली गर्दै कुटपिट गरेका थिए ।
उनीहरुबीच विवाद बढ्दै गएपछि साम्बाका एक साथीले फलामको रड उठाएर स्वणार्राजुलाई प्रहार गरेका थिए । प्रहरीले सम्बालाई पक्राउ गरेको छ । तर, उनका साथी फरार रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।