नेकपा अनुशासन आयोगको प्रमुखमा अमृतकुमार बोहोरा
फाइल तस्वीर ।

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अनुशासन आयोगको प्रमुखमा अमृतकुमार बोहोरलाई चयन गरेको छ । 

सोमबार विहान बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अध्यक्षमा बोहोरालाई र सचिवमा अशोक रोकायालाई चयन गरेको हो । त्यस्तै, नेकपाले केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ, सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोग अध्यक्षमा पुष्प कँडेल, सचिवमा टेकनाथ आचार्यलाई छानेको छ । 

त्यस्तै, नेकपाले केन्द्रीय सल्लाहकारको अध्यक्षमा केशव बडाल, सचिवमा नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मन्चको अध्यक्षमा नन्दकुमार प्रसाई्र र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार १२:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया