अजय देवगणले पूरा गरे १०० फिल्म

एजेन्सी– सन् १९९१ मा आएको फूल और काँटेबाट बलिउडमा पाइला चालेका अभिनेता अजजय देवगणले फिल्ममा शतक प्रहार गरेका छन् । अर्थात्, उनले सय फल्म खेलेका छन् । उनको आउँदो फिल्म तानाजी दि अनसंग वारियर उनको करिअरको १०० औं फिल्म हो । 

यो मौका पारेर अहिले बलिउडका कलाकार तथा अन्य व्यक्तिहरुले अजयलाई शुभकामना दिइरहेका छन् । बलिउडका सुपरस्टार शाहरुख खान तथा काजोलले उनको फिल्म तानाजीको पोस्टर सेयर गर्दै अजयलाई बधाई दिएका छन् ।

अजयको यो फिल्म १० जनवरीमा रिलिज हुँदै छ । अजयले अब बलिउडमा काम गर्न थालेको ३ दशक पनि पूरा भएको छ । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार १३:२४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया