उपनिर्वाचनका लागि तयारी तीव्र

चितवन– आउँदो मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ । बुधबार २७ गते स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई निर्वाचन प्रक्रियाका विषयमा जानकारी गराइँदै छ । 

जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार ६ वटा मतदान स्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयंसेवक नियुक्त गरिनेछ ।

चितवनमा भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । राजनीतिक दलहरुले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरिसकेका छन् । उपनिर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ ।

जिल्ला निर्वाचन अधिकारी ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४ सय ८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६ सय ९२ र वडा नम्बर ५ मा दुई हजार १ सय ११ मतदाता रहेका छन् । 

जिल्लाको निर्वाचन हेर्न मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश हेमन्त रावल खटिएका छन् । सवारी दुर्घटनामा खैरहनीका वडा अध्यक्षहरुको निधन भएको र भरतपुर–१६ का वडाध्यक्षको क्यान्सर रोगका कारण निधन भएकाले उपनिर्वाचन हुन लागेको हो । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार १७:२७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया