काठमाडौंका आठ हजार छाडा कुकुरको बन्ध्याकरण सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका छाडा कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम (मनुमित्र)मार्फत आठ हजार छाडा कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकेको छ । 

कामपाले तीन वर्षअघि बढाएको सो कार्यक्रमअन्तर्गत समाजमा अझै छरिएर रहेका ६ हजार यस्ता कुकुरको बन्ध्याकरण हुन बाँकी नै रहेको छ । 

ललितपुरमा रही घरपालुवा तथा जंगली जनावरको हक हितमा काम गर्दै आएको र हाल विश्वको ३० देशमा काम गर्दै आएको संस्था ‘द जेन गुडअल इन्स्टिच्युट नेपाल’को प्राविधिक सहयोगमा मनुमित्रले गरेको सर्वेक्षणअनुसार काठमाडौंमा मात्रै हाल २२ हजार सामुदायिक कुकुर रहेका छन् । 

काठमाडौंमा बढ्दै गएको कुकुरको संख्याबाट भित्रिने रोगले मानिसमा कुनै असर नपारोस् भनी मनुमित्रले ८० प्रतिशत यस्ता कुकुरलाई रेबिज विरुद्धको खोप लगाइदिइसकेको मनुमित्र सामुदायिक कार्यक्रम संयोजक वसन्त गौतमले जानकारी दिए । 





  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार १७:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया