नेप्से परिसूचक दोहोरो अंकले बढ्याे

काठमाडौं– लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक आज भने दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.७७ विन्दुले बढेर एक हजार १४५.५७ विन्दुमा पुगेको छ । धेरै पछि बजारमा उच्च अंकको वृद्धि भएको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३.२८ विन्दुले बढेर २५२.२९ विन्दुमा पुगेको छ । 

नेप्से उकालो लागेसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कुल १७५ कम्पनीको १९ लाख ९५ हजार ४८ कित्ता सेयर ५४ करोड ९९ लाख ९८ हजार २ सय ४१ मूल्यमा खरिद–बिक्री भए । 

स्टकका अनुसार कारोबार भएका कुल ११ उपसमूहमध्ये अन्य उपसमूहको मात्रै सेयर घटेको छ । सो उपसमूहको सेयर ०.६ विन्दुले घटेको छ । यस्तै, बैंकिङ १२.३१, होटल ३१.९३, विकास बैंक १३.३२, जलविद्युत् १२.८५, वित्त २.०७, निर्जीवन बिमा ६७.५३, उत्पादन ५५.७१, लघुवित्त ३०.७५, जीवन बिमा ७९.०२ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । 

स्टकका अनुसार कारोबारका आधारमा एनएमबी बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको १३ करोड ९२ लाख १० हजार १ सय ९५ मूल्यमा सेयर खरिद–बिक्री भई शीर्षस्थानमा रह्यो । प्रभु बैंक सात करोड ३३ लाख ६८ हजार ३ सय २, माछापुच्छ्रे बैंक तीन करोड ५९ लाख ३८ हजार ३ सय ७, प्रभु बैंकको संस्थापक सेयर तीन करोड २१ लाख ३३ हजार २४, प्राइम बैंक दुई करोड १३ लाख तीन हजार ५ सय ८८ र नेपाल बैंकको एक करोड ७६ लाख ६३ हजार ५ सय ३० मूल्यमा खरिद–बिक्री भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार हिमालयन डिस्टिलरीका सेयरधनीले ९.९७ प्रतिशतले कमाए । सबैको लघुवित्त वित्तीय संस्था ९.८९, रिडी हाइड्रोपावर ९.७२, आँखुखोला जलविद्युत् कम्पनी ९.४३, राधी विद्युत् कम्पनी ९.०२ र एनएमबी बैंकका सेयरधनीले ७.५८ प्रतिशतले कमाए । 

त्यस्तै, एनआइबिएल समृद्धि फन्ड ५.७७, खानीखोला जलविद्युत् कम्पनी ३.५७, सिटी एक्सप्रेस फाइनान्स १.९६, हिमालयन ऊर्जा विकास कम्पनी १.९४ र मेगा बैंकको संस्थापक सेयरका लगानीकर्ताले १.९२ प्रतिशतले गुमाए ।





  • प्रकाशित मिति : कात्तिक २५, २०७६ साेमबार १७:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया