एजेन्सी– बलिउड अभिनेत्री दीपिका पादुकोणले गत वर्ष रणवीर सिंहसँग विवाह गरिन् । विवाह भएको केही समयमा नै अफवाह फैलियो– दीपिका पादुकोण गर्भवती छिन् । यसबारे दीपिकाले खासै बोलेकी थिइनन् ।
तर, अब उनले एउटा अन्तर्वार्तामा यसबारे मुख खोलेकी छिन् । उनले भनेकी छिन् कि आफू कुनै न कुनै समय आमा पक्कै बन्नेछिन् । तर, समाजलाई उनले प्रश्न पनि गरेकी छिन् । समाजले विवाहित जोडीलाई कहिले बाआमा बन्ने भन्ने सोधेर दबाब दिन नहुने उनको आग्रह छ ।
दीपिकाले भनेकी छिन्– हाम्रो समाजले किन महिलालाई आमा बन्न दबाब दिन्छ ? जुन दिनदेखि यस्ता प्रश्न सोध्न छोडिन्छ, तबमात्र समाजमा परिवर्तन हुने उनको ठहर छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।