एजेन्सी– भारतको सर्वोच्च अदालतले भारतमा सबैभन्दा विवादित ठाउँ अयोध्यामा बाबरी मस्जिद हटाएर राम मन्दिर बनाउन फैसला गरेलगत्तै त्इहाँ एक ८१ वर्षकी महिलाले २७ वर्ष लामो अनसन तोडेकी छिन् । अब उनले अन्न खाने बताएकी छिन् ।
८१ वर्षकी यी महिलाले २७ वर्षदेखि दूध र फलाहार मात्र गरेकी थिइन् । राम जन्मभूमिको विवादका समाधान भएपछि महिलाले अन्न ग्रहण गर्ने संकल्प लिएकी थिइन् ।
महिलाका परिवारका सदस्यहरुले भारतीय मिडियालाई यो खुसीको कुरा भएको बताएका छन् । उर्मिला चर्तुवेदी नामकी महिलाले यो व्रत बसेकी थिइन् । उर्मिला १९९२ मा आयोध्यामा भएको हिंसाका कारण दुखी भएको र उनले व्रत बस्न थालेको उनको परिवारले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।