हुम्ला– राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा ९५ किलो मिटर गाडीको यात्रा गर्न यात्रुले तीन हजार ५ सय भाडा तिर्नु पर्ने बाध्य भएका छन् । हिल्सादेखि सिमीकाेटसम्म ट्रकमा यात्रा गर्नका लागि उक्त रकम तिर्न बाध्य भएका हुन् ।
हिल्सादेखि सिमकोटसम्म ९५ किलोमिटर सडक मार्ग छ । साेही सडकमा यात्रा गर्दा साढे तीन हजार भाडा तिर्नु परेकाे सिमकोट गाउँपालिका-२ का स्थानीय धिरी बोहराले बताए । उनले भने, '९५ किलाे मिटर टिपरमा यात्रा गर्दा पनि धेरै रकम तिर्नु पर्छ ।'
हिल्सा नाका हुँदै नम्बर प्लेट नभएका चिनियाँ गाडी सदरमुकाम सिमकोटसम्म पुग्ने गरेकाे छ । नम्बर प्लेट नभएका चिनियाँ गाडीले हिल्सा नाका हुँदै सदरमुकामसम्म सामान ओसार पोसार गर्दै आएकाे हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।