संखुवासभामा १० निर्वाचन क्षेत्र संवेदनशील

संखुवासभा– संखुवासभामा १० वटा निर्वाचन क्षेत्र संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताएका छन् ।

१४ मंसिरमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले तोकेका ११ वटा मतदान स्थलमध्ये १० वटा क्षेत्र सुरक्षाका हिसाबले संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले निष्कर्ष निकालेकाे छ । 

मतदान स्थललाई दुई भागमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ दुलालले जानकारी दिए ।

उनले भने, ‘भौगोलिक विकटता, दलीय अस्वस्थ प्रतिस्पर्धा, दलीय विभाजनको वैमनस्यता तथा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य गरी मतदान स्थल तथा केन्द्र छुट्याइएको छ ।’ संवेदनशीलता हेरेर सुरक्षाकर्मी परिचालन गर्ने रणनीति सुरक्षा समितिले लिएको छ 





  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार ०:४३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया