नरभक्षी चितुवा खाेज्न विज्ञ टाेली

तनहुँ– भानु नगरपालिकाको जंगलमा नरभक्षी चितुवा खोज्न ६ जनाको विज्ञ टोली परिचालन गरिएको छ । चितुवाले मानिसलाई आक्रमण गरी ज्यान लिन थालेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञ टोली झिकाइएको हो ।

डा. नरेश सुवेदी नेतृत्वको विज्ञ टोलीले जंगलमा निगरानी गरिरहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । उनका अनुसार ६ दिनदेखि टोलीले जंगलमा चितुवाको निगरानी गरिरहेको छ । विज्ञटोलीले साँझ ५ बजेदेखि राति ९ बजेसम्म गस्ती पनि गरिरहेको उनले बताए । 

केही महिनायता भानु नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ मा चितुवाले पटकपटक मानिसलाई  आक्रमण गरिरहेको छ । चितुवाको आक्रबाट यहाँका ६ बालबालिकाको ज्यान गइसकेको भने चारजना घाइते भएका थिए । गाउँमै चिुतवा पसेर बालबालिकालाई आक्रमण प्रयास गर्न थालेपछि स्थानीय  र संशस्त्र प्रहरीले गस्ती गर्दै आइरहेका थिए । 

वन कार्यालयले स्थानीयसँग समन्वय गरी जंगलमा परम्परागत काठका धराप राखेर चितुवा नियन्त्रणको प्रयास पनि गरेको सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताए । धरापमा दुईवटा चितुवा पनि परेका थिए ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार १२:१२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया