काठमाडौं– चारदिने नेपाल भ्रमणका लागि बंगलादेशका राष्ट्रपति अब्दुल हमिद मंगलबार नेपाल आइपुगेका छन् । राष्ट्रपति हमिदलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छिन् ।
राष्ट्रपति भण्डारीको निमन्त्रणामा नेपाल आएका हमिदलाई स्वागत गर्न उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत विमानस्थल पुगेका थिए । त्रिभुवन विमानस्थलमा हमिदलाई सेनाको टुकुडीले सम्मान गारत अर्पण गर्यो ।
५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा आएका हमिदले समकक्षी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतले शिष्टाचार भेट गर्नेछन् ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेसमेत बंगलादेशका राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने जनाइएको छ ।
राष्ट्रपति भण्डारीले हमिदको सम्मानमा मंगलबार रात्रिभोजको आयोजना गरेकी छिन् । हमिद शुक्रबार स्वेदश फर्कने कार्यक्रम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।