भद्रपुर विमानस्थल १० दिनका लागि बन्द

झापा– झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्ण रुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मंसिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो ।
      
एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ः०० बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य सुरु गरेको उड्डयन कार्यालयले जानकारी दिएकाे छ । गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाडौंले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाखमा ठेक्का लिएको छ ।

झापाको उड्डयन कार्यालयले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग लिखित रूपमा अनुमति लिएर विमानस्थल बन्द गराएको हाे । भद्रपुर–काठमाडौं हवाईसेवाका लागि यहाँबाट अहिले बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स गरी १० विमान कम्पनीले नियमित उडान भर्दै आएका छन् ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार १५:२३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया