छुट्टै अनुसन्धान ब्युरो विधेयक ल्याउँदै प्रदेश २ सरकार

जनकपुरधाम– प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्युरो (गुप्तचर) राख्न विधेयक ल्याइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले रासससँग कुरा गर्दै वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरी प्रदेश अनुसन्धान ब्युरो गठन गर्न विधेयक ल्याउन लागिएको बताए । यसअघि प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयक संसद्बाट पारित गरिसकेको छ । 

प्रदेश सरकारले प्रदेश अनुसन्धान ब्यूरो गठनका लागि चाहिने विधेयक निर्माण प्रक्रियालाई अगाडि बढाइसकिएको भन्दै राज्यमन्त्री कुशवाहाले भने, 'विधेयक अहिले कार्य व्यवस्था समितिबाट पारित भएर कान'न मन्त्रालयमा आइसकेको र अब प्रदेशसभामा दर्ता हुनेछ ।' केन्द्रमा रहेको राष्ट्रिय अनुसन्धान ब्य'रोले गर्ने प्रवृत्तिकै काम प्रदेश अनुसन्धान ब्य'रोले गर्नेछ । 

केन्द्रीय ब्य'रोले देशभरि काम गर्छ भने प्रदेश अनुसन्धान ब्य'रोले प्रदेशभरि सूचना संकलनलगायत काम गर्ने उल्लेख गर्दै उनले संविधानमा उल्लेख भएअनुसार नै प्रदेश अनुसन्धान ब्युरो गठन हुन लागेकाले यसमा विवाद गर्ने ठाउँ नरहेको बताए । 

अहिलेसम्म प्रदेशसभाबाट विभिन्न शीर्षकका २१ विधेयक पारित भई कानुनको रुप लिइसकेको र अझ दर्जनौँ विधेयक दर्ता हुने अवस्थामा रहेका सो मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार १५:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया