पाेखरा पुगेर रिजालले भने– निराश जनतामा उत्साह भर्न कांग्रेसले जित्नुपर्छ

कास्की– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले निराश जनतालाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताएका छन् ।

कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिसमेत रहेका रिजालले आज पोखरा महानगरपालिका–१७ मा आयोजित घरदैलो कार्यक्रममा भने, ‘सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा जनता निराश भएका छन्, उनीहरुलाई उत्साहित बनाउन आसन्न उपनिर्वाचनमा कांग्रेसले जित्न सक्नुपर्छ ।’ 

नेता रिजालले सरकार लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै कर्मठ र त्यागी नेता खेमराज पौडेललाई पार्टीले कास्की क्षेत्र नं २ मा उम्मेदवार बनाएको बताए । उनले देश र समाजप्रतिको त्याग, बलिदान एवं निष्ठाका पक्षमा मतदान गर्न मतदातालाई आग्रह पनि गरे ।

कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, विकृति र विसंगति रोक्न र सरकारलाई सही बाटामा हिँडाउन यस चुनावमा कांग्रेसले जित्नुपर्ने धारणा राखे ।  घरदैलो कार्यक्रममा कांग्रेस नेता डा.रिजाल, उम्मेदवार पौडेल, कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचारप्रसार मूल समितिका संयोजक कृष्ण केसीलगायत नेता तथा कार्यकर्ता सहभागी छन् ।





  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार १६:७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया