गायक देवेन्द्र बब्लुको दोस्रो गीत ‘बुढाबुढी’ सार्वजनिक भएको छ । मीठो स्वरका धनी बब्लु थिएटर कलाकार र म्युजिक भिडियो निर्देशक पनि हुन् ।
हालै उनको आवाज, शब्द र संगीत संयोजन रहेको ‘बुढाबूढी’ बोलको गीत रिलिज भएको छ । गीतमा मायालु जोडीको प्रेमिल समयलाई चटपटे तरिकामा प्रस्तुत गरिएको छ ।
गीतमा आवाज, शब्द र संगीत संयोजन बब्लुकै रहेको छ । बब्लु कै कन्सेप्टमा भिडियो प्रविन भट्टले निर्देशन गरेका हुन् । भिडियोमा बब्लु र संगीता गैरेको अभिनय छ । विशाल घिमिरेको स्क्रिप्ट रहेको भिडियो अनिल के मानन्धरको छायांकन प्रविनको सम्पादन र ग्राफिक डिजाइन पवन सिंखडाले गरेका हुन् ।
गीतमा मायालु जोडीको प्रेमिल समयलाई कलात्मक शैलीमा चित्रण गरिएको छ । उनले यसअघि ‘कसरी कसरी’ बोलको गीत सार्वजनिक गरेका थिए । गीतलाई दर्शकले निकै रुचाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।