डाक्टर गोविन्द केसीले गरे आमरण अनशन स्थगित

काठमाडौं– चिकित्सा शिक्षा ऐनमा संशोधनको माग राख्दै कार्तिक १७ गतेदेखि डडेल्धुरामा आमरण अनशनरत डा‍. गोविन्द केसीले अनशन स्थगित गरेका छन् । मंगलबार केसीले प्रेस विज्ञप्ति जारी गर्दै आफूले आमरण अनशन स्थगित गरेको जानकारी दिएका हुन् ।
 
भारतले सीमा मिचेको खबरले आफूलाई अरु नेपाली नागरिकजस्तै स्तब्ध बनाएको उनले विज्ञप्तिमा बताएका छन् । सीमा रक्षा राष्ट्रियताको पहिलो सर्त भएको पनि उनले बताएका छन् । 

‘सीमा रक्षा राष्ट्रियताको पहिलो सर्त हो,’ उनले प्रेस विज्ञप्तमिा लेखेका छन्, ‘अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभुतपूर्ण तदारुकता देखिएको छ, त्यो देखावटी मात्र नभई कूटनीतिक माध्यमबाट मिचिएको भूमी फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौँ ।’

केसी विगत ८ दिन देखि ७ बुँदे माग राख्दै डडेल्धुरामा सत्रौँ अमरण अनशनमा थिए । डा. केसीलाई आन्दोलन स्थगित गर्न सोमबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आग्रह गरेका थिए । 
 





  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार १८:४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया