छैटाैँ दिन पनि सकिएन आलमकाे थुनछेक बहस

राैतहट— पूर्वमन्त्री एवं सांसद माेहमद आफताव आलमविरुद्व दायर भएको कर्तव्य ज्यानसहितको मुद्दामा रौतहट जिल्ला अदालतमा जारी थुनछेक बहस लम्बिएको छ । थुनछेक बहस सुरु भएको  छैटौं दिन मंगलबार पनि प्रतिवादीतर्फका कानुन व्यावसायीको बहस टुंगिएन ।

गत बिहीबारदेखि आलमको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । सरकार र जाहेरवालातर्फका कानुन व्यावसायीको बहस सकिए पनि प्रतिवादीका कानुन व्यवसायीको बहस जारी रहेको हो । मंगलबार आलमको तर्फबाट वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, यदुनाथ खनाल र अधिवक्ता सतिश झाले बहस गरेका थिए ।

रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले मंगलबार प्रतिवादीका तर्फबाट तीन जना कानुन व्यवासायीले बहस गरेको बताए । प्रतिवादीका कानुन व्यवसायीको बहस टुंगिएपछि जाहेरवाला र सरकारी वकिलले प्रति बहस गर्न सक्छन् । थुनछेक बहस टुंगिएपछि अदालतले आलमविरुद्ध परेको मुद्दामा थुनामा राखी पूर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने भन्ने आदेश दिनेछ ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार ०:१३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया