व्यक्तिगत स्वार्थकाे राजनीतिका कारण छिमेकीले हेपे: चित्रबहादुर केसी
फाइल तस्वीर ।

भैरहवा– राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले भारतले गरेको सीमा अतिक्रमणविरुद्ध सबै राजनीतिक दल एक ढिक्का हुनु सकारात्मक भएको बताएका छन् ।

प्रगतिशील पत्रकार संघ रुपन्देहीले भैरहवामा राखेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीले राजनीतिक दलहरूले व्यक्तिगत स्वार्थका लागि राजनीति गर्दा छिमेकीले हेप्ने गरेको गुनासो गरे ।

भारतले नेपालको अभिन्न अंग रहेको कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता ठूला भूभागहरू भारतीय नक्सामा समावेश गरिनु नेपाली जनताको लागि चिन्ताको विषय भएको उनले बताए । यसलाई कुटनीतिक तवरबाटै छलफल गरेर भारले नेपाली भूमिमाथि गरेको हस्तक्षेपको समाधान गर्नुपर्ने बताए ।

जुनसुकै मूल्य चुकाएर भए पनि पुर्खाले आर्जेको नेपालको भूभाग फिर्ता पाउनुपर्ने र फिर्ता नभए अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।  व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न राजनीति गर्ने र त्यसको लागि शक्ति राष्ट्रहरूको आशिर्वाद लिँदा विदेशीले हेपेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार ११:५२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया