वैशाखबाट नेपालमा युरो ६ मापदण्डको इन्धन प्रयाेगमा ल्याइने

काठमाडौं– आगामी वैशाखबाट नेपालमा युरो ६ मापदण्डको इन्धन आउने भएको छ । युरो ६ मापदण्डको इन्धन अहिले प्रयोग भइरहेको (युरो ४ मापदण्डको) इन्धनभन्दा वातावरणमैत्री हुन्छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले आफ्ना सबै रिफाइनरी केन्द्रमा युरो ६ मापदण्डको इन्धन अपग्रेड गर्ने भएको छ । आयल निगमका अनुसार नेपालले पनि त्यही प्रकारको इन्धन आयात गर्न लागेको हो । 

युरो ६ मापदण्डको इन्धन प्रयोग गर्न चाहने व्यापारीलाई निगमले असोज पहिलो सातादेखि नै अनुमति पत्र दिँदै आएको छ। सर्वसाधारणले भने आगामी वैशाखबाट मात्रै सो इन्धन प्रयोग गर्न पाउने निगमले जनाएको छ । 

युरो ६ मापदण्ड इन्धन ल्याएपछि बिस्तारै युरो ४ इन्धन विस्थापित गर्दै लगिने निगमको योजना छ । हालको भन्दा गुणस्तरीय इन्धन आएपछि मूल्य पनि बढ्न सक्ने निगमले जनाएको छ । 

हाल प्रयोगमा आइरहेको इन्धनमा सल्फ्युरिक एसिड ५० पिपिए छ । युरो ६ मा १० पिपिए मात्रै हुन्छ । यसले वातावरण प्रदूषण रोक्न सहयोग पुर्याउँछ । 





  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार १७:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया