यी १० चीज जसले शरीरलाई बलियो बनाउँछन्

अमिलो फलः सुन्तला, अमला, कागती आदि अमिलो खालका फलमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । भिटामिन सी विभिन्न संक्रमणबाट बचाउन लड्ने सेतो रक्तकोषिकाको निर्माणमा सहयोग गर्छ । यसको सेवनले बन्ने एन्टीबडिज कोशिकाको सतहमा एउटा आवरण निर्माण गर्छ । जसले शरीरमा भित्र भाइरस आउन दिँदैन । स्वास्थ्यका लागि सधै एउटा अमिलो फल खानु राम्रो हुन्छ ।

ब्रोकाउली: यसमा भिटामिन ए र भिटामिन सी, आइरन, क्याल्सियम, प्रोटिनका साथै ग्लुटाथिनओन नामक एन्टीएक्डिेन्ट पाइन्ट । यसमा प्रोटिन र क्याल्सियम पनि पर्याप्त हुन्छ । 

बदाम: सधै ८–१० ओटा दाना बदाम खानाले दिमागलाई तनावबाट लड्ने शक्तिको प्राप्त हुन्छ । यसमा पाइने भिटामिन ई शरीरमा प्राकृतिक मृत कोषलाई बढाउन मदत गर्छ । जसले विषाणु र क्यान्सरयुक्त कोषिकाको संख्या बढाउन मदत गर्छ  । यी कोषिकाहरुले एन्टीबडिको निर्माण गर्छ ।  जसले शरीरमा हानी पुर्याउने ब्याक्टेरियाको नष्ट गर्नमा सहयोगी हुन्छ । बदाम छाला र हृदयका लागि पनि फाइदाजनक छ ।

लसुन: लसुनमा धेरै मात्रामा एन्टीएक्सिडेन्ट पाइन्छन् । यसमा एलिसिन नामक तत्व पनि पाइन्छ । जसले शरीरमा संक्रमणबाट बचाउनमा विशेष भूमिका खेल्छ । नियमित रुपमा तरकारीमा हालेर वा खाली पेटमा काँचै खाँदा झनै फाइदा हुन्छ ।

पानी तथा हर्बल टी: शरीरलाई आकर्षक र सुन्दर बनाइराख्न जरुरी छ । यसका लागि पर्याप्त पानी पिउनाले छाला राम्रो हुन्छ । र पानीले पेटमा हुने समस्यालाई कम गर्छ । त्यसैगरी अदुवा, तुलसी आदिसँग मिसाएर हर्बल चिया पिउनाले रोगसँग लड्न सक्ने क्षमता बढ्छ । हरेक बिहान उठेर कागती पानी पिएर दिनको सुरुवात गर्दा अत्यन्त लाभदायक हुन्छ ।

दही: दहीमा शरीरकाे पाचन प्रणालीलाई बलियो बनाइराख्ने प्रोबायोटिक्स हुन्छ । दही क्याल्सियमको पनि राम्रो स्रोत हो । यसले शरीरलाई चाहिने पोषक तत्व ग्रहण गर्ने क्षमता बृद्धि हुन्छ ।



च्याउ: यसमा सेलेनियम, भिटामिन बी, राइबोफ्लोविन र नाइसिन नामक तत्त्व पाइन्छ । यसमा एन्टीभाइरल, एन्टीब्याक्टेरियल तथा एन्टीट्यूमर तत्व पनि पाइन्छ ।

बेसार: बेसार नियमित रुपमा खानाले शरीरमा फंगस, जीवाणु तथा विषाणुबाट हुने संक्रमणबाट जोगाउँछ । रुघा लागेमा काँचो बेसारलाई पिसेर खाँदा यसले ठीक गर्छ ।



मरिच: मरिच चिसोबाट जोगाउन मदत गर्छ । यसमा पनि एन्टीभाइरल, एन्टीब्याक्टेरियल तत्व पाउनुका साथै ज्वरो कम गर्ने क्षमता हुन्छ ।

पालुङ्गो: यसमा ‘फोलेट’ हुन्छ । जसले नयाँ कोशिका बनाउँछ । यसमा पाइने फाइबर, आइरन, एन्टीअक्सिडेन्ट र भिटामिन सी शरीरलाई विभिन्न समस्याबाट जोगाउँछ र  स्वस्थ बनाउँछ ।

  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार २२:३१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया