समस्याले सतायो ? चिन्ता नगर्नुस्, यो फर्मूला अपनाउनुहोस्

एजेन्सी– कहिलेकांही हामी एउटा कुरामा लामो समय सोचेर बसिरहेका हुनसक्छौँ । त्यो कुराले हामीलाई समस्यामा पारिरहेको हुनसक्छ । तर, हामीले समस्याले सताउनुलाई निकै गम्भीर भएर लिइरहेका पनि हुनसक्छौँ ।

जीवन हो, समस्याहरु आउन सक्छन् । हामीले बाँच्ने जीवन भनेको निकै लामो छ । अझै पनि हामी केही वर्ष यो धर्तीमा आफ्नो काममा तल्लीन हुनु पर्ने हुन्छ । तर, समस्या त सधैं क्षणिक मात्र हुन्छ । जब समस्या भनेको क्षणिक हुन्छ, तब हामीले त्यसलाई धेरै चिन्ताको विषय बनाउनु हुँदैन । 

हामीले त समस्यालाई चिरेर अगाडि बढ्नुपर्छ । समस्याहरुलाई समाधान गर्नका लागि हामीसँग सहयोगी हातहरु हुनसक्छन् । त्यस्ता सहयोगी हात वा समाधान भनेका कहिलेकांही साथीहरु हुनसक्छन्, कहिलेकांही परिवारका सदस्य पनि हुनसक्छन् । तर, त्यसलाई कसरी प्रयोग गर्ने भन्ने महत्वपूर्ण हो । 

पहिलो कुरा त हामीले आफूलाई ओपन राखेर सहयोगी मनहरुलाई आफ्ना कुरा सुनाउन कन्जुस्याइँ गर्नुहुँदैन । त्यसपछि बल्ल हामीले समाधानका पाटबारे पनि सोच्न सक्छौँ । 

जे होस्, समस्या सबैको जीवनमा आइपर्छन् । हामीले चाहिँ तिनै समस्यालाई विशेष प्राथमिकतामा राखेर जीवन बर्बाद पार्नु हुँदैन ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार २२:५८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया