एजेन्सी– यो दुनियाँ बढो अजिबको छ । कहिलेकांही आउने केही घटनाहरुले हामीलाई अचम्ममा पारिदिन्छन् । कति त पत्याउनै नसकिने खालका घटना समाचार बनिरहेका हुन्छन् ।
एउटा त्यस्तै समाचार छ । एक महिलाले आफ्नै पतिविरुद्ध उजुरी दिएकी छिन् । त्यो पनि पतिले मोटी भने भन्ने आरोपका साथ ।
यो कुरा हो, भारत गजियाबादको । त्यहाँ एक सफ्टवेयर इन्जिनियरकी पत्नीले अदालतमा आफूलाई मोटी भनेर पतिले हैरान गरेको भन्दै अदालतमा उजुरी दिएकी हुन् । यी दुईको विवाह सन् २०१४ मा भएको रहेछ । ‘तिमी मोटी छौ, मसँग पार्टीमा जान सुहाउँदैन,’ पतिले भन्ने कुरालाई ती महिलाले उद्धृत गरेकी छिन् ।
पतिले यही विषयमा अन्य तनाव पनि दिएको आरोप लगाएकाले त्यहाँको अदालतले ती महिलाको उजुरी स्वीकार गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।