वर्षमा १ सय ६५ दिन छुट्टी लिन्छन् अक्षय !

एजेन्सी– बलिउड अभिनेता अक्षयकुमारले वर्षमा चारवटा भन्दा बढी फिल्ममा अभिनय गर्ने गरेका छन् । यति गर्दा पनि उनलाई अभिनयप्रतिको भोक मेटिएको छैन रे !

हालैको एउटा अन्तर्वार्तामा उनले आफूलाई वर्षमा अझ धेरै फिल्म गर्ने चाहना भएको बताएका छन् । ‘म वर्षमा धेरै दिन छुट्टि लिने कलाकारमा पर्छु,’ अक्षयले भनेका छन्, ‘मलाई अझ धेरै फिल्म गर्ने इच्छा छ । तर, आफूले सोचेजस्तै त कहाँ हुन्थ्यो र !’

अक्षयले वर्षमा आफू करिब दुई सय दिन मात्र सुटिङमा व्यस्त हुने गरेको हिसाब गर्दै बाँकी एक सय ६५ दिन छुट्टिमा बस्नुपरेकोमा गुनासो गरेका छन् ।

‘वर्षमा तीन सय ६५ दिन हुन्छ । एउटा फिल्मको सुटिङ गर्न झन्डै ५० दिन लाग्छ । यो हिसाबले म वर्षमा जम्मा २ सय दिन सुटिङमा हुन्छु । बाँकी एक सय ६५ दिन बिदा बस्नुपरेको छ ।’ शनिबार आधा दिन मात्रै काम गर्ने अक्षय आइतबार भने पूरै बिदा बस्छन् । त्यति मात्रै होइन, हरेक तीन महिनामा उनी कामबाट पूरै बिदा लिन्छन् ।





  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार २२:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया