पक्राउ पूर्जी जारी भएकाे सात महिनासम्म पनि पक्राउ परेनन् मेयर

सप्तरी– गत जेठमा मेयर र अन्य जनप्रतिनिधिविरुद्ध पक्राउ जारि गरियाे । तर यतिका समय भइसक्दा पनि उनीहरु पक्राउ परेका छैनन् । यसमा प्रहरीकाे पनि मिलेमताे भएकाे आराेप लाग्न थालेकाे छ । 

सप्तरीमा राष्ट्रिय वन क्षेत्रमा अनधिकृत रूपमा नाला निर्माण गर्न एक्साभेटर प्रयोग गर्ने सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार शर्मा र १ नं. वडा अध्यक्ष नारायण आचार्यविरुद्ध डिभिजन वन कार्यालय, राजविराजले गत जेठमा नै पक्राउ पुर्जी जारी गरेको हाे । तर उनीहरूलाई प्रहरीले पक्राउ गरेको छैन ।

सप्तकोशी नगरपालिकाले वडा नं.–१, फत्तेपुरमा पर्ने चुरे क्षेत्रबाट आउने खोलालाई डाइभर्ट गर्न नाला निर्माण गरेको थियो । त्यो नाला राष्ट्रिय वन क्षेत्रमा परेको छ । वन क्षेत्रमा अनधिकृत रूपमा नाला निर्माण गरेकाले पक्राउ पुर्जी जारी गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन क्षेत्रमा नाला निर्माण नगर्न तथा एक्साभेटरको प्रयोग नगर्न पटक–पटक लिखित तथा मौखिक आग्रह गर्दा अटेर गरेपछि गत जेठमा मेयर शर्मा, वडा अध्यक्ष आचार्य र उपभोक्ता समितिका दुई पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको डिभिजन वन अधिकृत सन्तोषकुमार झाले बताए ।

तिलाठी कोइलाडी गाउँपालिका–४ की वडा सदस्य ४१ वर्षिया गीतादेवी मण्डलविरुद्ध ज्यान मार्ने उद्योगमा सप्तरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । तर उनी पनि पक्राउ परेकी छैनन् ।





  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार १:५१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया