निक र प्रियंकाले किनेको घरको चर्चा

एजेन्सी– बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले हलिउडमा पनि राम्रो पहिचान बनाइसकेका छन् । दुवैले आगामि महिना विवाहको पहिलो एनिभर्सरी मनाउँदै छन् । 

बलिउडमा एक से एक हिट फिल्म दिएकी प्रियंकाले अहिले पनि बलिउडमा नै फर्किएकी छिन् । उनी फिल्म ह्वाइट टाइगरको सुटिङको व्यस्त छिन् । यसबीच यी दुईले लस एन्जलसमा किनेको एउटा घरको निकै चर्चा भएको छ ।

उनीहरुले लस एन्जलस नजिकै दाइ जो जोनसको जग्गा रहेको ठाउँमा अर्को घर किनेका हुन् । उनीहरु जम्मा ३ माइल टाढा रहेको चर्चा छ । मिडियाहरुका अनुसार यो जग्गाको मूल्य २ करोड ३० लाखभन्दा धेरै परेको हो । प्रियंकाको यो नयाँ घरमा ११ बेडरुम रहेको बताइएको छ ।





  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार २:३७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया