बंगलादेशमा सरकारको आलोचना गरेका अब्रारको हत्यामा संलग्न २५ जना कारवाहीमा पर्ने
अब्रारलाई अक्टाेबरमा मरणासन्न हुने गरि कुटिएकाे थियाे ।

एजेन्सी– बंगलादेशको प्रहरीले अक्टोबरमा मारिएका २१ वर्षीय एक विद्यार्थीको हत्यामा संलग्न भएको भन्दै २५ जनाविरुद्ध मुद्दा चलाउने भएको छ । अक्टोबरमा त्यहाँ अब्रार फहादलाई कुटिकुटी हत्या गरिएको थियो । 

सरकारको आलोचना गर्दै उनले सामाजिक सन्जालमा लेखेको टिप्पणीका कारण उनीमाथि एक हुल व्यक्तिहरुले कुटपिट गरेका थिए । 

उनको मृत्यु भएपछि त्यहाँका विश्वविद्यालयका विद्यार्थीहरुले आन्दोलन चर्काएका थिए ।

प्रहरीले ११ जना अब्रारको हत्यमा संलग्न भएको र अन्य १४ जनाले उनीहरुलाई सहयोग गरेको अभियोग लगाएको छ । यसरी अभियोग लागेका अधिकांश विद्यार्थी बंगलादेशको सत्तारुढ दल अवामी पार्टीनिकट रहेका छन् ।

बंगलादेश छत्र लिग भनिने यी समूहका सदस्यले बंगलादेशमा विद्यार्थीहरु अमानवीय व्यवहार गरेको आरोप लाग्दै आएको छ ।

बंगलादेश युनिभर्सिटी अफ इन्जिनियरिङका विद्यार्थी अब्रार सरकारले भारतसँग गलत तरिकाको सम्झौता गरेको आरोप लगाउँदै एक फेसबुक पोस्ट लेखेका थिए । केही दिनमा उनको शव उनी सुतिरहेको घरनजिकै भेटिएको थियो । 



प्रत्यक्षदर्शीले अब्रारलाई एक समूहले स्थानीय समयअनुसार साँझ ८ बजे लगेको र उनको मृत्यु हुँदासम्म ४ घन्टा निर्घात कुटपिट गरेको बताएका छन् । 

उनलाई भेटेका अन्य विद्यार्थीले अस्पताल पुर्याएका थिए । तर, त्यहाँ चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । त्यसपछि त्यही विश्वविद्यालयमा सुरु भएको आन्दोलन देशका अन्य सहरमा पनि फैलिएको थियो । 



  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार २:४७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया