श्रीमान्‌लाई वैदेशिक राेजगारीमा पठाएपछि सर्लाहीमा साैतामाथि धारिलाे हतियार प्रहार

सर्लाही- सर्लाहीकाे चक्रघट्टा गाउँमा एक महिलाले धारिलो हतियार प्रहार गरी सौताको हत्या गरेकी छन्। चक्रघट्टा –४ का शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया खुर्सिदा खातुनको हत्या गरेकी हुन् ।

मंगलबार साँझ कोरैसाले खुर्सिदाको हत्या गरेकी हुन् । प्रहरीले उनले खुर्सिदाकाे शव टुक्रा टुक्रा पारेर छाडेकाे बताएकाे छ । झाेलामा हालेर शव फाल्न लागेको अवस्थामा प्रहरीले कोरैसालाई पक्राउ गरेको हो ।

घरभित्र आवाज आएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको टोलीले कोरैसालाई पक्राउ गरेको थियो । प्रहरी आएकाे थाहा पाएपछि उनी घरकाे छतबाट हाम्फालेर भाग्न खाेजेकी थिइन् । 

स्थानीय बासिन्दाका अनुसार कोरैसा र खुर्सिदाबीच पटक–पटक झगडा हुने गरेको थियो । शेखले तीन महिना अघि मात्र खुर्सिदालाई दोस्रो पत्नीको रुपमा विवाह गरेका थिए । उनी केही दिनअघि मात्र वैदेशिक राेजगारीमा गएका थिए ।





  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार ३:१२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया