बाबुराम भट्टराईकाे 'पर्ख र हेर'काे प्रस्तावपछि समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने

काठमाडौं– समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीले सरकार छाड्ने विषयमा मध्यमार्गी बाटो सुझाएका छन् । भट्टराईको प्रस्तावपछि सो पार्टीले तत्काल सरकार नछाड्ने भएको छ ।

यसअघि पार्टीले सरकार छाडेनुपर्ने बताउँदै आएका भट्टराईले नै मध्यमार्गी प्रस्ताव राखेपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलगायत सो पार्टीबाट मन्त्री बनेकाहरुले राहत महसुस गरेका छन् । तत्कालका लागि सरकारबाट बहिर्गमन टरे पनि लामो समय सरकारमा बसिरहने अवस्था नभएको सो पार्टीका नेताहरुले बताएक छन् । 

बुधबारको पदाधिकारी बैठकमा सरकारमा बसिरहने कि छाड्ने भन्ने विषयमा बहस हुँदा भट्टराईले मध्यमार्गी प्रस्ताव पेस गरेका थिए । भट्टराईले राजनीतिक प्रस्तावमा सरकारसँग वार्ता गरेर संविधान संशोधनका लागि पहल गर्ने र नभए सरकार छाड्ने विषयमा कार्यकारिणी समितिले निर्णय गर्ने उल्लेख गरेको थिए । ।

 सो प्रस्तावमा पार्टी नेताहरु सहमत भएका छन् । बिहीबार बसेको पार्टीको पहिलो संघीय परिषद् बैठकमा पनि भट्टराईले संघीय सरकारमा पार्टीको सहभागिताबारे गम्भीर समीक्षा गर्न जरुरी रहेको बताएका छन् ।

संविधान संशोधन गर्ने सर्तमा पार्टी सरकारमा गएको तर नेकपाले त्यसप्रति अनिच्छा देखाएको मात्र होइन, संघीयताको मर्ममाथि नै प्रहार गर्दै गएको निश्कर्ष भट्टराईले निकालेका छन् । प्रदेश र स्थानीय तहले अधिकार संघीय सरकारमै सीमित राख्ने प्रवृत्तिले संघीयताको अवधारणा नै संकुचित हुन पुगेको उनको ठहर छ ।





  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार १६:३३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया