एजेन्सी– अमेरिकाको लस एन्जलसको साउगस हाइ स्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा पाँच जनाको मृत्यु भएको छ ।
अमेरिकी सन्चारमाध्यममा आएका समाचारअनुसार प्रहरीले त्यहाँ गोली चलाउने व्यक्तिको खोजी गरिरहेका छन् । उनी एसियन मूलका हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उनी त्यही स्कुलका विद्यार्थी भएको हुनसक्ने पनि समाचार आएका छन् ।
त्यहाँको एक स्थानीय अस्पतालले अरु केही विद्यार्थी गम्भीर अवस्थामा भर्ना हुन आउने सूचना आफूले पाएको जनाएको छ ।
‘राष्ट्रपतिले यसलाई मोनिटरिङ गरिरहेका छन्,’ त्यहाँका सन्चारमाध्यमले राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै लेखेका छन्, ‘त्यहाँका वासिन्दा सुरक्षित हुन् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।