सर्प र मुसाको लडाइँ, सय गाउँको बिजुली बन्द !

एजेन्सी– सर्प र मुुसाको लडाइँका कारण रहिमाबादका एक सय गाउँको विद्युत् सेवा अवरुद्ध भएको छ । भारतको रहिमाबाद उपकेन्द्रको फिडरमा मंगलबार राति एउटा सर्प र मुसा घुसेका थिए । त्यसपछि उनीहरुको त्यहाँ लडाइँ सुरु भयो । 

यसले गर्दा त्यहाँका ग्रामिण क्षेत्रमा २० घन्टासम्म विद्युत् अवरुद्ध भयो । 

खासमा त्यहाँ त्यति बेला कर्मचारी पनि थिए । तर, जब मुसा र सर्प लड्न थाले, उनीहरु सबै डराएर भाग्न थाले । हुन पनि त्यहाँबाट एकदम ठूलो आवाज आएको भारतीय मिडिया हिन्दुस्तान टाइम्समा त्यहाँका कर्मचारीले बताएका छन् । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७६ शुक्रबार १:२८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया