२९९ जना गाउँले ठग्ने श्याम परदेशी जेलमा छन् तर गाउँले त्रसित छन्

काठमाडौं– किर्ते तमसुक बनाएर २ सय ९९ परिवारलाई ठगी गरेका सर्लाहीका श्याम परदेशी अहिले पुर्पक्षका लागि थुनामा छन् । तर, श्याम परदेशी थुनामा भए पनि उनका मान्छेहरुले गाउँलेहरुलाई बारम्बार फोन गरेर थर्काइरहेका छन् । 

शुक्रबारको नयाँ पत्रिका दैनिकमा स्थलगत रिपोर्टिङ गरेका किरण दाहालले लेखेअनुसार परदेशीले उच्च अदालतमा पुनरावदेन गरेको र उनी त्यहाँबाट फर्किए आफ्नो दुःख पनि फर्किने भन्दै गाउँले त्रसित भएका हुन् ।

लालबन्दीकी फत्मा खातुनको भनाइलाई दाहालले उद्धृत गरेका छन्, ‘दुलोमा पसेको सर्प निस्कियो भने के हुन्छ ?’

यसअघि प्रहरीले श्याम परदेशलाई १५ भदौमा पक्राउ गरेको थियो । उनले नक्कली तमसुक बनाएर ठगी गरेको भन्दै त्यहाँका एक सय पचास जना गाउँलेहरु न्याय खोज्दै काठमाडौं आएका थिए । काठमाडौंमा उनीहरुको पीडालाई मिडियाले व्यापक कभरेज गरेका थिए । यही कारणले उनलाई प्रहरीले पक्रन बाध्य भएको थियो । 

त्यति बेला एउटै मान्छेको नाममा एउटै मान्छेको नाममा ऋण दिइएको कानुनी कागज गर्न नमिल्ने भएकाले परदेशीले आफ्ना परिवारका सदस्यका नाममा ऋणीहरूलाई सातवटासम्म कागज गराएको गाउँलेहरुले बताएका थिए । 

प्रहरीले श्यामलाई मलंगवा नगरपालिकास्थित उनको घरबाट नै पक्राउ गरेको थियो । 





  • प्रकाशित मिति : कात्तिक २९, २०७६ शुक्रबार २:४७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया