काठमाडौं– एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीलाई बुझिलिन बाँकी लाभांश रकम यथाशीघ्र बुझिलिन अनुरोध गरेको छ ।
बैंकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विगत वर्षहरुमा वितरण गरेको लाभांश रकम बुझिलिन बाँकी भएका ग्राहकलाई लाभांश रकमको पुर्जीसहित उपस्थित हुन आग्रह गरेको छ । लाभांश रकम बैंकको सहायक कम्पनी श्री एन आई सी एशिया क्यापिटल लि. हनुमानस्थान, अनामनगर, काठमाडौंबाट प्राप्त गर्न सकिने नायव प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
लाभांश पूर्जी लिइसकेका शेयरधनीहरुलाई सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्न बैंकले अनुरोध गरेको छ । यसैगरी, लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानूनबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।
आ.व. २०७५÷७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित शेयरधनीको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनीको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले यथाशीघ्र यस बैंक तथा बैंकको सहायक कम्पनीमा सम्पर्क राखी आफ्नो शेयर डिम्याट गराउन समेत सम्पूर्ण शेयरधनीलाई प्रेस विज्ञप्तिमार्फत् अनुरोध गरिएको छ ।
विभिन्न आर्थिक वर्षहरुमा बैंकले वितरण गरी हालसम्म शेयरधनीले बुझिलिन बाँकी लाभांशको विवरण बैंकको वेभसाइट www.nicasiabank.com मा राखिएको तथा यस सम्बन्धमा विस्तृत विवरण श्री एनआईसी एशिया क्यापिटलको (फोन नं. ०१५७०५९९४ एक्सटेन्सन नं. २०५) बाट प्राप्त गर्न सकिनेछ जनाइएको छ ।
बैंकको मुलुकभर ३ सय १० शाखा कार्यालय, ३ सय ८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ काउन्टर छन् । बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंक्ले दाबी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।