काठमाडौं– बम विस्फोट गराएको र त्यसमा घाइते भएकालाई इँटाभट्टामा जलाएको आरोप लागेका सांसद मोहम्मद अफ्ताब आलम पूर्पक्षका लागि थुनामा जाने भएका छन । जिल्ला अदालत रौतहटले आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
२६ असोजमा पक्राउ परेका आलममाथि ०६४ साल चैत २७ गते भएको राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोप छ । आलममाथि विस्फोटक पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ ।
आलमसहितका व्यक्तिले दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको सरकारी वकिल कार्यालयको अभियोग छ । अदालतले सोही आधारमा आलमलाई पूर्पक्षका लागि जिल्ला जेल पठाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।