राष्ट्रवादको नारा दिने सरकारले सीमा विवाद समाधानमा मतलबै राखेन– देउवा

कञ्चनपुर– कांग्रेस सभापति शेरबहादुर देउवाले सीमा विवाद समाधान गर्न ध्यान नदिएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् ।

आज कञ्चनपुरमा पत्रकारहरूसँग कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका नेता देउवाले राष्ट्रवादको नारा दिएर सत्तामा पुगेका प्रधानमन्त्रीले नै सीमा विवाद हल गर्न र अतिक्रमित भूमि फिर्ता ल्याउन चासो नराखेको आरोप लगाए ।

‘सीमा विवादमा कम्युनिस्ट सरकारले मतलबै गर्दैन,’ पत्रकारमाझ देउवाले प्रश्न गरे, ‘राष्ट्रवादको नारा दिने, कूटनीतिक तवरबाट विवाद हल गर्ने काम नगर्ने ?’ 

समाधानका लागि सरकारले गर्ने पहलमा आफ्नो पार्टीको समर्थन रहने विश्वास यसअघि नै दिलाइसकेको बताउँदै देउवाले थपे, ‘राष्ट्रवादको नारा दिने अनि लम्पसारवाद हुने ? विवाद समाधान गर्ने काम त गर्नुपर्यो नि !’

‘मैले प्रधानमन्त्री हुँदा कूटनीतिक पहल गरेको थिएँ,’ प्रधानमन्त्री हुँदा आफूले सीमा विवाद मिलाउन पहल गरेको दाबी गर्दै उनले थपे, ‘आज पनि भन्दै छु, कूटनीतिक पहल गर्नुपर्छ ।’ 

देउवाको भनाइमा महाकाली सन्धिकै आधारमा पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भूमि ठहर्छ । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७६ शनिबार १४:१४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया