काठमाडौं– बंगालदेशमा जारी एसियन क्रिकेट काउन्सिल इमर्जिङ टिम्स कपको दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले हराएको छ ।
आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा सबै विकेट गुमाएर २१७ रन बनायो ।
नेपालका लागि शरद भेषावकरले सर्वाधिक ८९ रनको योगदान दिए । उनले १३९ बलको सामना गर्दै ९ चौका प्रहार गरे । त्यस्तै, आरिफ शेखले ४२ र दिपेन्द्रसिंह ऐरीले ३७ रनको योगदान दिए ।
हङकङका लागि मेहम्मद अजिज खानले ३ तथा नस्रुल्ला राना तथा इहसन खानले समान २ विकेट लिए ।
२१८ रनको लक्ष्य पछ्याएको हङकङले ४५ ओभर ५ बलमा सबै विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।
हङकङका लागि किनचित शाहले सर्वाधिक ५३ रनको योग्दान दिए । उनले ८० बलको सामना गर्दै ३ चौका तथा १ छक्का प्रहार गरे । त्यस्तै, इहसन खानले ४४ तथा हरोन अर्शदले २६ रनको योगदान दिए ।
नेपालका लागि करण केसी तथा अविनास बोहराले समान ३ विकेट तथा सुशान भारीले २ विकेट लिए । प्रतियोगीताको पहिलो खेलमा हारेको नेपलले अब समूह चरणको अन्तिम खेल १८ नोभेम्बरमा बंगलादेशविरुद्ध खेल्ने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।