बालुवाटारमा मृगौला पीडितहरूकाे प्रदर्शन

काठमाडाैं– मृगौला पीडितहरुले आफुहरुलाई उपलब्ध गराउदै आएको सम्पुर्ण सहयोग पहिलेकाे जस्तै उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका छन् ।

मृगौला पीडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पीडितहरुले जिविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिदै आएको सुविधा यथावत राख्न माग गरेका हुन् । १४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडीतहरु प्रधानमन्त्रीसँग भेट्न नपाएपछि रुष्ट बनेका थिए । प्रधानमन्त्री स्वयम् मृगौला पीडित भएर पनि आफुहरुको समस्या नबुझेको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी दिए ।

प्रधानमन्त्रीले भेट्ने समय नदिएको भन्दै मृगौला पीडितहरुले आन्दोलनको घोषणा गरेका हुन् । आफुले निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडीतका लागि सामान्य सुविधा पनि कटौती गरेको भन्दै उनीहरु आक्रोशित बनेका थिए । 

पीडीतहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने , निशुल्क हेमोडाइलाइसिस, विरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डाययलासिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन् ।  उनीहरुले माग सम्बोधन नभए जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताए ।

प्रधानमन्त्रीसँग भेटगर्न नपाएपछि पीडितहरु बालुवाटारबाट नाराबाजी गर्दै माईतीघरमण्डला सम्म पुगेका थिए । उनीहरुले मण्डलामा पनि केही समय प्रदर्शन गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर २, २०७६ साेमबार १३:१३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया