सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका पदाधिकारीका लागि इच्छुक ६१ जनाकाे नाम सार्वजनिक

काठमाडाैं– सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका पदाधिकारीका लागि नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जना इच्छुकको नाम सिफारिस समितिले सार्वजनिक गरेको छ । सिफारिस समितिको आइतबार बसेको बैठकले अध्यक्ष तथा सदस्यमा इच्छुककाे नाम सार्वजनिक गर्ने निर्णय गरेअनुसार नाम सार्वजनिक गरिएको हाे ।  

सत्य निरुपण तथा मेलमिलापमा अध्यक्ष हुन चाहनेमा कमलनारायण दास र मधुप्रसाद रेग्मी रहेका छन् भने दुई आयोगका अध्यक्ष हुन चाहनेमा युवराज सुवेदीको नाम रहेको छ । त्यसैगरी दुवै आयोगका अध्यक्ष तथा सदस्य बन्ने इच्छुकमा दशजनाको नाम रहेको छ । ती नाममा सलाहुद्दीन अख्तर सिद्दिकी, दुर्गाबन्दु पोखरेल, दुमनसिंह थापा क्षेत्री, रेवन्तबहादुर कुँवर, अली अकवर मिकरानी, ताराबहादुर न्यौपाने, गोपीचन्द्र भट्टराई, सीताप्रसाद पोखरेल, गोविन्द गौतम र अरबिन्दकुमार सिंहको नाम इच्छुकमा परेको छ ।

सिफारिस समितिले सातजना व्यक्तिहरुको नाम सिफारिस गरेको छ । त्यसमध्ये पाँचजना पूर्वपदाधिकारी नै छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पूर्वअध्यक्ष लोकेन्द्र मल्लिक, सदस्य आइबहादुर गुरुङ, नरकुमारी गुरुङको नाम रहेको छ । सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वपदाधिकारी मञ्चला झा र श्रीकृष्ण सुवेदीको नाम सिफारिस गरेको छ । त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि नयाँ अध्यक्षमा गणेशदत्त भट्ट र सदस्य डा. गंगाधर अधिकारीको नाम सिफारिस गरेको छ । 

द्वन्द्वपीडित राष्ट्रिय समाजले सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वसदस्य डा. माधवी भट्ट पराजुली, नेपाल निवृत्त शिक्षक समाजले चूडामणि शर्मा, द्वन्द्वपीडित समितिले लक्ष्मी पोखरेल र नेपाल मानव अधिकार संगठनले अध्यक्ष तथा सदस्यमा विजुलकुमार विश्वकर्माको नाम सिफारिस गरेको छ । सिफारिस भएका अध्यक्ष तथा सदस्यप्रति उजुरी गर्नुपरेमा पाँच दिनभित्र उजुरी दिनसमेत समितिले समय दिएको छ । 

दुवै आयोगमा पदाधिकारीमा चाहना राख्ने पुरानै नामका व्यक्तिले पनि फारम भरेका छन् भने व्यक्ति आफैँले र विभिन्न संस्थामा सिफारिक गरेका तथा सिफारिस समितिले सिफारिस गरेका नाम छन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा  गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । 





  • प्रकाशित मिति : मंसिर २, २०७६ साेमबार १६:१९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया