आइसिसी बरीयता : सोमपाल र करणको सुधार पारस र सन्दीप खस्किए

काठमाडौं– अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसीे)ले निकालेको नयाँ टी–२० बरीयता क्रममा नेपालका सोमपाल कामी तथा करण केसीकोे बरीयाता सुधार भएको छ भने  सन्दीप लामिछाने तथा पारस खड्काको बरीयता क्रम घटेको छ । 

आइसिसीले निकालेको नयाँ  टी–२० बरीयाता क्रममा अलराउन्डरतर्फ सोमपाल कामी सात स्थान माथि उक्लिँदै ६०औँ स्थानमा आइपुगेका छन् । यस अघि उनी ६७औँ स्थानमा थिए । त्यस्तै, करण केसीको पनि अलराउन्डरतर्फको बरीयता क्रम सुध्रिएको छ । यसअघि ८८औँ स्थानमा रहेका उनी अहिले ८४औँ स्थानमा उक्लिएका छन् । 

नेपालका पूर्वकप्तान पारस खड्काको बरीयता क्रम भने १ स्थान घटेको छ । यसअघि उनी अलराउन्डरतर्फ ३२औँ स्थानमा थिए भने अहिले ३३औँ स्थानमा रहेका छन् । बलिङतर्फ भने सन्दीप लामिछाने तथा सोमपाल कामी दुवैैको बरीयता क्रम घटेको छ । सन्दीप लामिछाने ९ स्थान तल झर्दै ७८औँ स्थानमा पुगेका छन् । यसअघि उनी ६९औँ स्थानमा थिए । 

सोमपाल कामी पनि १० स्थान तल झर्दै ९५औँ स्थानमा पुगेका छन् । यसअघि उनी ८५औँ स्थानमा थिए । ब्याटिङतर्फ भने पारस खड्काले ५५औँ स्थान यथावत् कायम गरेका छन् । 

नयाँ टी–२० बरीयता क्रममा ब्याटिङतर्फ पाकिस्तानका बबर अजाम, बलिङतर्फ अफगानिस्ताका रासिद खान तथा अलराउन्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्वेल शीर्ष स्थानमा छन् । 





  • प्रकाशित मिति : मंसिर २, २०७६ साेमबार १७:५८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया