स्मार्टचालक अनुमतिपत्र छपाइ दुई दिन बन्द

काठमाडौं– मंंगलबार र बुधबार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ बन्द हुने भएको छ । अहिले विभागमा सञ्चालनमा रहेका छपाइ उपकरणबाट ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) मा रहेको तथ्यांक भण्डार (डाटाबेस)मा सार्नका लागि सेवा अवरुद्ध गर्न लागिएको हो । 

सवारी चालक अनुमतिपत्र प्रणाली पुरानो सर्भरबाट नयाँमा सार्ने हुँदा यी दुई दिन सेवा दिन नसकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । विभागले हतारमा रहेका सेवाग्राहीलाई चाँडो छपाइ (फास्ट प्रिन्टिङ) सेवा दिँदै आएकामा त्यो पनि यी दुई दिन अवरुद्ध हुने भएको छ । यी दुई दिनमा तथ्यांकसम्बन्धी सम्पूर्ण काम सकिने बताइएको छ । उनले भने, ‘बिहीबारदेखि नै हामी नियमित रुपमा सेवा दिनेछौँ ।’

दुई महिनापहिले ल्याइएको ‘मास प्रिन्टर’ जडान सकिएसँगै अहिले ‘सफ्टवेयर’को काम भइरहेको छ । सो उपकरणको प्रतिघण्टा ५–६ सयसम्म कार्ड छाप्ने क्षमता रहेको छ । एक वर्षपहिले आवेदन दिएका सेवाग्राहीले समेत अनुमतिपत्र नपाइरहेकामा ‘मास प्रिन्टर’ले काम गर्न थालेसँगै सो समस्या हट्ने विश्वास गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार १६:१५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया