पत्रकार खेम भण्डारीलाई एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय

कञ्चनपुर– कञ्चनपुरबाट सञ्चालित मानसखण्ड दैनिकका पत्रकार खेम भण्डारी अदालतको अपहेलनासम्बन्धी मुद्दामा कारागार चलान भएका छन् । जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय तोकेको थियो ।

अदालतले गत असारमा सो फैसला गरेको थियो । सोही फैसलाबमोजिम भण्डारीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको हो । मंगलबार अदालतमा उपस्थित भएर भण्डारीले एक रुपैयाँ जरिवाना तिरेका थिए । जरिवाना तिरेलगत्तै अदालतले कारागार चलानका लागि उनलाई पत्र थमाएको थियो ।  

जिल्ला अदालतबाट मोटरसाइकल चढेर कारागार गएका उनी एक घण्टापछि कैदमुक्त हुनेछन् । निर्मला पन्त प्रकरणमा अदालतको अपहेलना गरेको आरोपमा उनीविरुद्ध मुद्दा परेको थियो । 





  • प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार १७:२५:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया