हिन्दू राष्ट्र पुनःस्थापना नभएसम्म संघर्ष गर्ने राणाकाे चेतावनी

नवलपरासी– राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त)का अध्यक्ष पशुपतिशम्शेर जबराले नेपालमा हिन्दू राष्ट्र पुनःस्थापना नभएसम्म संघर्ष गरिरहने बताएका छन् ।

हिन्दूराष्ट्र पुनःस्थापनामा दबाब दिन राप्रपा (संयुक्त)ले सञ्चालन गरिरहेको सनातन हिन्दूधर्म जनजागरण धार्मिक यात्राको क्रममा पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष राणाले हिन्दू राष्ट्र पुनःस्थापनाको अभियानमा सहयोग गर्न सबैमा आह्वान गरे ।

उनले भने, ‘संसारभर हिन्दू राष्ट्रको रुपमा चिनिँदै आएको नेपालमा हिन्दू राष्ट्र पुनःस्थापना हुनुपर्छ, यसले मात्र नेपालको पहिचान स्थापित हुन्छ, संसारभरका हिन्दूहरु हाम्रो देशका धार्मिकस्थलमा आउँछन्, नेपाल हिन्दू राष्ट्र नभएसम्म संघर्ष जारी रहन्छ ।’ नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको चीनलाईसमेत मन नपरेको बताउँदै उनले अन्तर्राष्ट्रिय कारणले पनि नेपाल हिन्दू राष्ट्र हुनुुपर्नेमा जोड दिए ।

कात्तिक २८ देखि जनकपुरबाट सुरु भएको जनजागरण धार्मिक यात्रा गजेन्द्रमोक्ष धाम, वाल्मीकि आश्रम हुँदै रामग्राम स्तुपमा पुगेकाे छ । अब तिलौराकोटबाट लुम्बिनी पुगेर बुधबार समापन हुने साे पार्टीले जनाएकाे छ । 





  • प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार १७:४२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया