नेपालले कालापानीलाई आफ्नो भूमि भन्नु दुर्भाग्यपूर्ण : मुख्यमन्त्री रावत

काठमाडौं– नेपाली भूमि कालापानी भारतीय नक्सामा कायम भएपछि नेपालभर त्यसको विरोध भइरहेको छ । सो सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक इन्च भूभाग पनि अरुलाई मिच्न नदिने दाबी गरेका छन् । 

तर, भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र रावतले भने कालापानी भारतीय भूमि नै भएको दाबी गरेका छन् । देहरादुनस्थित गान्धीपार्कमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री रावतले सो दाबी गरेका हुन् ।
 
नेपालले कालापानीलाई आफ्नो भूमि भन्नु दुर्भाग्यपूर्ण भएको उललेख गर्दै उनले भने, ‘कालापानी भारतको थियो र रहनेछ ।’ यद्यपि उनले नेपाल भारतको मित्र राष्ट्र भएको र दुवै देशको संस्कृति समान भएकाले वार्ताका माध्यमबाट यसको समाधान गरिने बताए ।





  • प्रकाशित मिति : मंसिर ३, २०७६ मंगलबार १८:२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया