एनआइसी एशियाको नयाँ योजना– सुपर चमत्कारिक रिकरिङ निक्षेप खाता

काठमाडौं– २२ वर्षदेखि बैंकिङमा क्षेत्रमा सेवा प्रदान गर्दै आएको एनआइसी एशिया बैंकले नयाँ योजना ल्याएको छ । ३ मंसिरबाट सुरु भएको यो योजना सुपर चमात्कारिक मासिक निक्षेप खाता योजना हो ।

बैंकले यो पुरानै योजनाको नयाँ नामाकरण मात्र भएको एक विज्ञप्ति जारी गर्दै बताएको छ । बैंकले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘बंैकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्वेश्यले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरेको जानकारी गराउदै उक्त योजना बैंकको ‘सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता’ को नाम परिर्वतन मात्र रहेको समेत जानकारी गराइन्छ ।’

बैंकले आफ्ना सेवाग्राहीलाई बुझ्न सजिलो होस् भन्ने हेतुले यो योजनालाई नयाँ नाम दिएको बताएको छ । 

बैंकले जारी गरेको विज्ञप्तीमा रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना भएको र यसमा ग्राहकले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तिय श्रोत जुटाउन मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सकिने जनाएको छ । 

‘रिकरिङ्ग निक्षेप योजना अन्र्तराष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत निकै नै प्रचलित एवंम पहिला देखी नै संचालनमा रहेको योजना हो,’ बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘यो बैंकले सार्वजानिक गरेको सुपर चमत्कारिक खाताहरु अन्र्तगत उक्त सुपर चमत्कारिक मासिक निक्षेप खाता बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिना देखी १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुशार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्नेछन्  ।’

बैंकका अनुसार यो निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम रु. ५०० को गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ । यो योजना बैंकका जुनसुकै शाखाबाट लिन सकिने पनि बैंकले जनाएको छ । 



अहिले एनआइसी एशिया बैंकले ३१० शाखा कार्यालय, ३८९ एटिएम, ९० एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिइरहेको छ । 



  • प्रकाशित मिति : मंसिर ४, २०७६ बुधबार १२:३१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया