काठमाडाैं– लामाे रस्कस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनकाे तयारी गरेका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले केहीबेरमा मन्त्रिपरिषद् पुनर्गठन हुने पुष्टि गरेका छन् ।
नेकपाकाे सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘मन्त्रिपरिषद पुनर्गठन हुन्छ, नयाँ मन्त्रीको संख्या र नामावली प्रधानमन्त्री आफैँले घोषणा गर्नुहुन्छ ।’
प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच नयाँ मन्त्री कसलाई बनाउने भनेर सहमति भइसकेकाे छ । सूची तयार बनाएर प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गर्न शीतलनिवास गएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।