काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बुधबार बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतमा १५ जना न्यायाधीश सिफारिस गरेको छ । उच्च अदालतमा अहिले १२ न्यायाधीशको पद खाली रहेको छ ।
जसका लागि ६ जना जिल्ला न्यायाधीशबाट, एकजना सरकारी वकिल र ८ जना अधिवक्ताबाट न्यायाधीशका लागि सिफारिसमा परेका छन् ।
किरणकुमार पोखरेल, मुरारिबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल र नारिस्वर भण्डारी जिल्ला न्यायाधीशबाट बढुवा हुन लागेका हुन् ।सहन्यायाधीवक्ता गीताप्रसाद तिमिल्सना पनि उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।
सिफारिसमा परेका अधिवक्तामा मिलनकुमार राई, राजुराम सिलवाल, मेरिना श्रेष्ठ, मीना गौतम सेढाईं, सोमकान्त मैनाली, देशबहादु सार्की, रेखा थापा पाण्डे र किरणकुमार गुप्ता छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।