रिलिज अघि नै सलमानको फिल्मले तोड्यो आमिरको रेकर्ड

एजेन्सी–  सलमान खानको फिल्म दबंग ३ अर्को महिना रिलिज हुँदै छ । दबंग ३ का प्रशंसकहरुले यो समयलाई निकै व्यग्रताका साथ कुरिरहेका छन् किनकि यो फिल्मका निर्माताहरुले बारम्बार फिल्मसम्बन्धी केही न केही नयाँ कुराहरु सेयर गरिरहेका छन् । 

फिल्मको मुख्य भूमिकामा रहेका सलमान खानले पनि यो फिल्मबारे नयाँ जानकारी दिएका छन् । सलमानले फिल्म रिलिज हुनुअघि नै आमिर खानको फिल्म ठग्स अफ हिन्दुस्तानको सबैभन्दा ठूलो रेकर्ड तोडेको जनाएका छन् । आमिर खानको पछिल्ले फिल्म ठग्स अफ हिन्दुस्तान लगभग ५ हजार फिल्म हलमा रिलिज भएको पहिलो फिल्म थियो । तर, अब दबंग ३ एकै पटक ७ हजार हलहरुमा रिलिज हुँदैछ ।

यो फिल्म हिन्दीसहित तमिल, तेलुगु र कन्नड भाषामा रिलिज हुने भएको छ । त्यसैले यति धेरै फिल्म हलहरुमा एकै पटक रिलिज हुने यो पहिलो फिल्म बनेको छ ।





  • प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार १०:२१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया