नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडाैं– नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्या भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा नव नियुक्त मन्त्रीहरुलाई शपथ दिलाएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा नौ मन्त्रीहरु थपेकी थिइन् । यीमध्ये ६ मन्त्रीहरु क्याबिनेट मन्त्री हुन् भने तीन राज्यमन्त्री । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ ।

यसअघि राष्ट्रपति भण्डारीले सांसदहरु वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट, रामेश्वर रायलाई मन्त्रीमा नियुक्त गरेकी हुन् । योसँगै प्रधानमन्त्री ओली नेतृत्वमा विभिन्न मन्त्रालय सम्हालिरहेका रघुवीर महासेठ, लालबाबु पण्डित, गोकर्ण विष्ट, थममाया थापा, चक्रपाणि खनाल, मात्रिका यादव, धनबहादुर बुढा, रामुकमारी चौधरीलाई हटाइएको थियो ।





  • प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार १२:२१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया