कर्मचारीलाई कृषिमन्त्रीको आश्वासन : आफ्नो जिम्मेवारी पूरा गर्नुस्, सरुवा–बढुवामा हस्तक्षेप गर्दिनँ

काठमाडौं– नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कर्मचारीको सरुवा, बढुवालगायत हस्तक्षेपमा आफूलाई घृणा लाग्ने बताएका छन् । बिहीबार मन्त्रालयमा पदभार ग्रहणपछि बोल्दै उनले आफूले सरुवा, बढुवामा हस्तक्षेप नगर्ने बताएका हुन् ।

मन्त्री भुसालले कर्मचारीलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दै आफूले मन्त्रीको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए । पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले आफूले कृषि मन्त्रालय रोजेरै आएको दाबी गरे । उनले भने,  ‘प्रधानमन्त्रीले पनि मुलुकको सबैभन्दा प्राथमिकताप्राप्त मन्त्रालय हो, तपाईंले जिम्मेवारी लिइदिनुस् भन्नुभयो, मैले स्वीकार गरेँ ।’

मन्त्री भुसाललाई निवर्तमान कृषिमन्त्री चक्रपाणि खनालले मन्त्रालयमै पुगेर बधाई दिए थिए । मन्त्री भुसालले पदभार ग्रहण गरेपछि कुनै पनि निर्णयमा हस्ताक्षर गरेनन् । यसअघि मनत्रीले पदभार ग्रहण गरेपछि निर्णयमा हस्ताक्षर गर्ने प्रचलन थियो । 





  • प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार १७:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया