स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वयमा भूमिका निर्वाह गर्छु : मन्त्री त्रिपाठी

काठमाडौं– नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कर्मचारी समायोजनका क्रममा देखिएका मनोवैज्ञानिक समस्यालाई समाधान गर्न आफू लागिपर्ने बताएका छन् । 

बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । साथै उनले स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए । 

महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा देखिएका समस्याको समाधानमा जोड दिँदै मन्त्री त्रिपाठीले आर्थिक सुशासन कायम गराउन आफू लागिपर्ने दाबी गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार १७:४५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया